विगत पाँच दशकदेखि भूटानमा प्रतिबन्धित पुस्तक ‘दन्किँदो भूटान’ को पहिलो संस्करण लेखक देवीभक्त लामीटारेले सन् १९७० मा प्रकाशित गरेका थिए । यो भूटानी प्रजातान्त्रिक आन्दोलनको पहिलो पुस्तक हो । लेखक स्वयंले दोस्रो र तेस्रो संस्करण प्रकाशित गरेका थिए। लेखक लामीटारेको फेब्रुअरी २०२२ मा निधन भयो। यसै वर्ष भूटान मिडिया सोसाइटीले प्रकाशित गरेको अद्यावधिक तथा परिमार्जित चौथो संस्करण भने पत्रकार विनोद ढुङ्गेलले सम्पादन गरेका हुन् ।