भूटानको राजनीति मात्र नभएर भूगोल, इतिहास, समाज र संस्कृतिका पनि कतिपय पक्षलाई समेटेर यो पुस्तकमार्फत लामीटारेले नेपाल, भारत र सिक्किमका विभिन्न गम्भीर राजनीतिक परिदृश्यहरूलाई उजागर गर्दै भूटानी परिवेशसँग तिनको तुलनात्मक विश्लेषण गरेका छन् । भूटानी राज्यसत्ताले नेपालीभाषी जनता मात्र हैन, समाजको तल्लो तहका सबैमाथि थोपरेका असमानताका पक्षहरूलाई समेत यसले छर्लङ्ग उतारेको छ ।

सम्पादकीय

विनोद ढुङ्गेल

सन् १९८९ देखि पत्रकारितामा आवद्ध सम्पादक विनोद ढुङ्गेल मिडिया, मानवअधिकार, विकासलगायतमा रुचि राख्छन् । विभिन्न पत्रपत्रिका, रेडियो र टेलिभिजनको सम्पादकीय नेतृत्व सम्हालिसकेका उनको लेखन तथा सम्पादनमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

आमसञ्चार तथा पत्रकारिताका साथै राजनीतिशास्त्रमा स्नातकोत्तर र अङ्ग्रेजीमा एम. फिल. ढुङ्गेल पत्रकारिता, मिडियात अनुसन्धान, प्राध्यापन र प्रेस तथा नागरिक स्वतन्त्रताका गतिविधिमा संलग्न छन् । भूटान न्यूज सर्भिसको कन्सल्टिङ् एडिटरका रूपमा समेत योगदान गरेका ढुङ्गेल सन् २०११ देखि ‘दन्किँदो भूटान’ लाई अद्यावधिक र सम्पादन गर्ने अभियानमा संलग्न भएका हुन् ।